दिल्लीका पूर्व मुख्यमन्त्री साहिब सिंह वर्माको पुण्यतिथिमा भाजपा नेता अनि कार्यकर्ताहरूद्वारा श्रद्धाञ्जली अर्पण
दिल्लीका पूर्व मुख्यमन्त्री साहिब सिंह वर्माको पुण्यतिथिमा भाजपा नेता अनि कार्यकर्ताहरूद्वारा श्रद्धाञ्जली अर्पण


नयाँ दिल्ली, 30 जून (हि.स.)। भारतीय जनता पार्टी (भाजपा)- को दिल्ली प्रदेश कार्यालयमा मङ्गलवार डा. साहिब सिंह वर्माको स्मृतिमा एक कार्यक्रम आयोजना गरियो। यस कार्यक्रमम ाभाजपाका दिल्ली प्रदेश अध्यक्ष हर्ष मल्होत्रा, साहिब सिंह वर्माका सुपुत्र एवं दिल्ली सरकारका मन्त्री प्रवेश साहिब सिंह, महामन्त्री विष्णु मित्तल, मीडिया प्रमुख प्रवीण शङ्कर कपूर, उपाध्यक्ष दिनेश प्रताप सिंह, युवा मोर्चा अध्यक्ष सागर त्यागी, पूर्वाञ्चल मोर्चा अध्यक्ष सन्तोष ओझा, अल्पसङ्ख्यक मोर्चा अध्यक्ष अनिस अब्बासी, प्रवक्ता यासिर जिलानी लगायत पार्टी कार्यकर्ताहरूले श्रद्धाञ्जली अर्पण गरे।

यस अवसरमा दिल्ली भाजपा अध्यक्ष हर्ष मल्होत्राले भने, डा. साहिब सिंह वर्माले आफ्नो सारा जीवन समाजको अन्तिम व्यक्तिसम्म विकास तथा जनकल्याणका योजनाहरूको लाभ पुऱ्याउनका लागि समर्पित गरे। उनी एकजना यस्ता जननेता थिए जसले गाउँ, गरीब, किसान तथा आम नागरिकहरूको हितलाई सदैव प्राथमिकता दिए।

उनले भने, डा. साहिब सिंह वर्माले दिल्लीका मुख्यमन्त्रीको रूपमा शिक्षा, परिवहन, स्वास्थ्य औ बुनियादी सुविधाहरूको क्षेत्रमा महत्वपूर्ण कार्य गरे। दिल्लीका ग्रामीण क्षेत्रहरू तथा किसानहरूको समस्यालाई उनले सदैव सशक्त ढङ्गमा उठाए अनि उनीहरूका विकासका लागि निरन्तर प्रयास गरे।

मल्होत्राले भने, डा. साहिब सिंह वर्माको सामान्य जीवन, इमानदारी एवं सङ्गठनप्रति निष्ठा आज पनि कार्यकर्ताहरूको लागि प्रेरणाको श्रोत हो। उनको जीवनले सदैव हामीलाई जनसेवाको मार्गमा अग्रसर हुने प्रेरणा दिन्छ।

उल्लेखनीय छ, यसअघि आज घेवरास्थित समाधि स्थलमाा डा. साहिब सिंह वर्माका पत्नी साहिब कौर, ज्येष्ठ पुत्र एवं दिल्ली सरकारमा मन्त्री प्रवेश साहिब सिंह एवं कान्छा पुत्र सिद्धार्थ साहिब सिंहले सपत्नीक हवन गरे। हजारौं पार्टी कार्यकर्ताहरूको सहित दिल्ली सरकारका मन्त्री सरदार मनजिन्दर सिंह सिरसा, दिल्ली भाजपाका महामन्त्री एवं सांसद योगेन्द्र चाँदोलिया आदिले दिल्लीवासीहरूको पक्षबाट श्रद्धासुमन अर्पण गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande