
कोलकाता, 30 जून (हि.स.)। गत 18 मईमा सोना पप्पू उपनाम विश्वजीत पोद्दार प्रवर्तन निदेशालय (ईडी)-को कार्यालयमा पेश भएको समय उनकी पत्नी पनि उनको साथमा थिइन्। पतिलाई पक्राउ गरिएपछि मङ्गलवार ईडीद्वारा जारी समनमा सोमा पोद्दार एक्लै कोलकाताको सीजीओ कम्प्लेक्समा पुगिन्।
सूत्र मुताविक सोना पप्पू र जय कमदारविरूद्ध चलिरहेको भूमिक कब्जाको मामिलामै सोमा पोद्दारलाई पनि जाँचबुझको लागि बोलाइएको हो। यसै मामिलामा पूर्व पुलिस अधिकारी शान्तनु सिंह विश्वासलाई पनि पक्राउ गरिसकिएको छ।
यसपूर्व ईडीको छापेमारीमा सोना पप्पूको घरबाट एउटा आग्नेयास्त्र जफत गरिएको थियो। जाँचमा यो पनि खुलासा भयो, सोमा पोद्दारको नाममा दर्ता एउटा कम्पनीको व्यापारी जय कामदारको कम्पनीसित लेनदेन थियो।
ईडीले पहिला नै जय कमदारविरूद्ध आरोप पत्र दर्ता गरिसकेको छ भने सोना पप्पूविरूद्ध अहिलेसम्म आरोप पत्र दर्ता भएको छैन। यस्तो स्थितिा उनकी पत्नी सोमा पोद्दारलाई जाँचबुझको लागि बोलाउनुलाई महत्वपूर्ण मानिँदैछ।
अर्कोतिर दक्षिण कोलकाताको गोलपार्क क्षेत्रमा भएको अशान्तिको एउटा मामिलामा कसबा निवासी सोना पप्पूलाई पुलिसले हिरासतमा लिएको थियो। शुरूमा उनलाई ईडीले पक्राउ गरेको थियो जसपश्चात न्यायिक हिरासतमा उनी जेलभित्रै ब से।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा