नोएडामा २१ किलो गाँजा सहित पाँच तस्कर पक्राउ
नोएडामा २१ किलो गाँजा सहित पाँच तस्कर पक्राउ


नोएडा, ३० जून (हि.स.)। नोएडाको सेक्टर–२० थाना पुलिसले २१ किलोग्राम गाँजा सहित पाँच जना तस्करलाई पक्राउ गरेको छ। पक्रा परेकाहरूको साथबाट तस्करीमा प्रयोग गरिएको एउटा कार समेत जफत गरिएको पुलिसले जानकारी गराएको छ।

अपर पुलिस उपायुक्त मनीषा सिंह अनुसार मङ्गलवार बिहान उडिसाबाट गाँजा ल्याई राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) मा बिक्री गर्न लागिएको भन्ने गोप्य सूचना प्राप्त भएपछि पुलिसले विशेष निगरानी तथा जाँच अभियान सञ्चालन गरेको थियो।

सोही क्रममा रजनीगन्धा अन्डरपास नजिकै शंकास्पद कार रोकेर जाँच गर्दा आमिर, मनोज, फिरोज, प्रकाश र पप्पूलाई पक्राउ गरिएको हो। कारको तलासी लिने क्रममा २१ किलोग्राम गाँजा जफत भएको पुलिसले जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा पक्रा परेकाहरू उडिसाबाट गाँजा ल्याएर एनसीआरका विभिन्न क्षेत्रमा बिक्री वितरण गर्ने गिरोहसँग आबद्ध रहेको खुलेको छ। पुलिसले गिरोहका अन्य सदस्यहरूको पहिचान सम्बन्धी महत्वपूर्ण जानकारी प्राप्त भएको बताउँदै उनीहरूको खोजी तथा पक्राउ अभियान तीव्र बनाइएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको पुलिसले जनाएको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande