
कोलकाता, 30 जून (हि.स.)। हूल दिवसको अवसरमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले सन्थाल विद्रोहका अमर शहीदहरूलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। उनले आफ्नो सोशल मीडिया पोस्टमा भने, सन्थाल विद्रोहका महानायकहरू क्रमैले सिद्धो, कान्हो, चाँद, भैरव तथा अन्य वीर सेनानीहरूको अदम्य साहस, सङ्घर्ष औ सर्वोच्च बलिदान भारतीय इतिहासको स्वर्णिम अध्याय हो।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा भने, यी वीर योद्धाहरूले ब्रिटिश औपनिवेशिक शासनको दमनविरूद्ध जुन निर्भीकता तथा दृढ़ सङ्कल्पित भएर सङ्घर्ष गरे, त्यो भावी पिँढ़ीको लागि सदैव प्रेरणाको श्रोत बन्नेछ। उनले भने, आफ्नो भूमि, अधिकार औ स्वाभिमान रक्षाका लागि यी महान सेनानीहरूको समर्पणले हामीलाई न्याय, समानता तथा अधिकारहरूको रक्षा गर्नको लागि दृढ़तापूर्वक कदम अघि बढ़ाउने प्रेरणा दिन्छ।
मुख्यमन्त्री शुभेन्दु अधिकारीले भने, हूल दिवसमा सारा राज्यले यी अमर शहीदहरूको अदम्य साहस, त्याग अनि बलिदानलाई नमन गर्नको साथै उनीहरूको गौरवशाली योगदानलाई श्रद्धापूर्वक स्मरण गर्दछ। उनीहरूको अमर धरोहरले देशवासीहरूलाई सदैव राष्ट्रपित तथा समाजप्रति आफ्नो कर्तव्य निर्वहनको लागि प्रेरित गरिरहनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा