राँची विश्वविद्यालयकी कुलपति प्रो. सरोज शर्माको पुस्तक “भ्याल्यू एण्ड पीस एजुकेशन”- को विमोचन
राँची विश्वविद्यालयकी कुलपति प्रो. सरोज शर्माको पुस्तक “भ्याल्यू एण्ड पीस एजुकेशन”- को विमोचन


नयाँ दिल्ली, 30 जून (हि.स.)। राँची विश्वविद्यालयकी कुलपति प्रो. सरोज शर्माको पुस्तक “भ्याल्यू एण्ड पीस एजुकेशन: फ्यूचर रोडम्याप”- को मङ्गलवार गुरु गोबिन्द सिंह इन्द्रप्रस्थ विश्वविद्यालय (आईपीयू)- का कुलपति डा. महेश वर्माले विमोचन गरे।

यस अवसरमा डा. महेश वर्माले भने, आजको सामाजिक ढाँचा जुन सङ्क्रमण काल भएर गुज्रिरहेको छ, त्यस पृष्ठभूमिमा यस किसिमको पुस्तकको महत्व बढ़्छ।

उनले भने, मानवीय एवं सामाजिक मूल्यहरूको द्रूत गतिमा ह्रास भइरहेको छ जसबाट सारा दुनियाँमा “शान्ति”- को अवधारणा खतरामा परेको छ। उनले आशा व्यक्त गरे, यो पुस्तक मानिसहरूमा मानवीय मूल्य स्थापना गर्न तथा शान्तिको सन्देश दिनमा सफल हुनेछ।

उल्लेखनीय छ, प्रो. सरोज शर्माले यसपूर्व “भारतीय ज्ञान परम्परा” समेत केही विषयहरूमाथि आधा दर्जनभन्दा अधिक चर्चित पुस्तकहरू लेखिसकेकी छन्। राँची विश्वविद्यालयबाट पूर्व प्रो. शर्मा एनआईओएसकी चेयरपर्सन रहिसकेकी छन्। साथै आईपीयूको स्कूल अफ एजुकेशनमा डीन पनि रहिसकेकी छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande