लण्डनबाट महँगो गिफ्टको प्रलोभन देकाेर गृहणीबाट ठगियो एघार लाख रुपियाँ
लण्डनबाट महँगो गिफ्टको प्रलोभन देकाेर गृहणीबाट ठगियो एघार लाख रुपियाँ


पूर्व मेदिनीपुर, 30 जून (हि.स.)। जिल्लाको पोटाशपुर क्षेत्रमा मङ्गलवार साइबर ठगीको एउटा ठूलो मामिला प्रकाशमा आएको छ। लण्डनबाट महँगो उपहार पठाइदिने प्रलोभन देखाएर एकजना गृहणीबाट लगभग 11 लाख रुपियाँ ठगियो। मामिलाको सिकायत आएपछि जिल्ला साइबर थानाको पुलिस जाँचमा जुटेको छ।

जानकारी अनुसार पोटाशपुर थाना अधिनस्थ पुरुषोत्तमपुर क्षेत्र निवासी अङ्किता प्रधान मण्डलको मोबाइलमा गत 12 जूनको दिन एक अज्ञात नम्बरबाट फोन आयो। फोन गर्ने व्यक्तिले आफूलाई लण्डन निवासी बताएर बातचित गर्न शुरू गऱ्यो। त्यसपछि उसले आफ्नो माता-पिता नरहेको बताउँदै अङ्कितालाई बहिनी बनाएर लगातार सम्पर्क गर्न थाल्यो।

केही समयपछि आरोपीले गृहिणीलाई बतायो, उसले उसको लागि सुन र हीराको गहनाहरू सहित महँगो उपहार पठाएको छ। भरोसा दिलाउनको लागाि कथित उपहारको तस्वीर पनि पठायो। त्यसपछि आफूलाई कुरियर कम्पनीको प्रतिनिधि बताउँदै अर्को व्यक्तिले अङ्कितासित सम्पर्क गऱ्यो अनि पार्सललाई छुटाउनको लागि पहिला 25 हजार रुपियाँ माग्यो। त्यसपछि अलग-अलग कारण बताएर लगातार पैसाको माग गरियो। आरोप छ, पार्सलमा रहेका गहनाहरूलाई केन्द्रिय जाँच एजेन्सीले रोकेर राखेको बताउँदै एक लाख 25 हजार रुपियाँ अनि डलर पनि रहेको दाबी गर्दै लगभग 7 लाख 50 हजार रुपियाँ मागियो।

ठगहरूको भनाइमा लागेर अङ्किताले आफ्नो सुनको गहना बेचेर, जमीनको दस्तावेज बन्दकी राखेर तथा आफ्नो परिचितहरूबाट ऋण लिएर 10 लाख 95 हजार रुपियाँ आरोपीहरूलाई दिइन्। ठगहरूले जीएसटीको नाममा थप 19 लाख रुपियाँको माग गर्दा महिलालाई शङ्का लाग्यो। त्यसपछि उनले सबै कथा आफ्ना पतिलाई सुनाइन्। पतिले तत्कालै जिल्ला साइबर थानामा सिकायत दर्ता गराए।

पीड़िताले बताइन्, मोबाइल उपयोग गर्ने अनुभव कम भएको तथा दाज्यु-बहिनीको सम्बन्ध बनाएको कारणले तिनी ठगीको शिकार भइन्। पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande