भड़्काऊ बयान मामिलामा हुमायुँ कबीरलाई पुलिसको नोटिस
भड़्काऊ बयान मामिलामा हुमायुँ कबीरलाई पुलिसको नोटिस


मुर्शिदाबाद, 30 जून (हि.स.)। भड़काऊ टिप्पणीको सन्दर्भमा ‘आम जनता उन्नयन पार्टी’ -का चेयरम्यान तथा नाओदाका विधायक हुमायुँ कबीर कानूनको फन्दामा परेका छन्। उनीविरूद्ध दर्ता दुई भिन्न मामिलामा जाँचबुझ गर्नको लागि पुलिसले उनलाई नोटिस पठाएको छ। पुलिसले मङ्गलवार हुमायुँ कबीरको घरमा पुगेर नोटिस सुम्पियो। नोटिसमा उनलाई आगामी 3 जुलाईको दिन शक्तिपुर थाना अनि 4 जुलाईमा रेजिनगर थानामा उपस्थित हुने निर्देश दिइएको छ।

स्मरण गराइन्छ, हालैमा रेजिनगरमा आयोजित एक जनसभामा नाओदाका विधायकमाथि विवादित तथा कथित रूपमा भड़्काऊ टिप्पणी गरेको आरोप लागेको थियो भने यसै मामिलामा शक्तिपुर र रेजिनगर थानामा उनीविरूद्धत सिकायत दर्ता गरिएको थियो।

यस घटनामा पुलिसले पहिला नै कड़ा कदम उठाइसकेको छ जुन सभाबाट हुमायुँ कबीरले विवादित बयान दिएको आरोप छ, सोही सभाका तीन जना आयोजकहरूलाई पुलिसले गए सोमवार राती पक्राउ गरेको थियो। अब विधायकलाई नोटिस जारी गरी जाँचबुझको लागि बोलाइएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande