
हुगली, 30 जून(हि.स.)। आरामबागकी पूर्व सांसद अपरूपा पोद्दार औ रिषड़ा नगरपालिकाको चार नम्बर वार्डका पार्षद शाकिर अलीको रिषड़ास्थित निवासमा मङ्गलवार बिहान राष्ट्रिय जाँच एजेन्सी(एनआईए)-ले छापामारीको कारबाही गऱ्यो। जानकारी अनुसार बिहान-बिहान एनआईएको टीम शाकिर अलीको घरमा पुग्यो। यस अवधि टीमसित आएका केन्द्रिय सुरक्षा बलका जवानहरू घरको गेटमा तैनाथ भए। घरको खानतलासी अवधि कसैलाई पनि घरभित्र आउने र बाहिर जाने अनुमति दिइएन। एनआईएको टीम पार्षद औ पूर्व सांसदको घरमा किन आएको हो र कुन मामिलाको जाँच गरिरहेको छ, यस बारेमा यो समाचार लेखुञ्जेलसम्म कुनै जानकारी प्राप्त भएको थिएन साथै एनआईएको जाँच पनि जारी थियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा