सांसद बिप्लब कुमार देबसँग मुख्यमन्त्रीले गरे शिष्टाचार भेट
मुख्यमन्त्री प्रेमसिंह तामाङ र सांसद बिप्लब कुमार देब


गान्तोक, 30 जून (हि.स.)। त्रिपुराका पूर्व मुख्यमन्त्री तथा सांसद बिप्लब कुमार देब सिक्किम भ्रमणमा आएका छन्। उनले सोमबार मुख्यमन्त्री प्रेमसिंह तामाङलाई राजधानीस्थित उनको सरकारी निवासमा शिष्टाचार भेट गरे।

मुख्यमन्त्री तामाङले उक्त जानकारी सामाजिक सञ्जाल फेसबुक पोस्टमा दिएका छन्। उनले त्रिपुराका पूर्व मुख्यमन्त्री तथा लोकसभा सांसद बिप्लब कुमार देब र उनकी धर्मपत्नी त्रिवेणी रावलाई स्वागत गर्न पाउँदा अत्यन्तै हर्षित महसुस गरेको बताएका छन्।मुख्यमन्त्रीले उनीहरूसँग भेटघाट तथा आपसी हित र साझा चासोका विविध विषयमा अर्थपूर्ण छलफल भएको उल्लेख गरेका छन्। उनले सांसद देबको जनसेवा र राष्ट्रसेवाको यात्रा अझ सफल र प्रभावकारी रहोस् भन्ने हार्दिक शुभकामना व्यक्त गरेका छन्।

---------------

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande