
पुरुलिया, 30 जून (हि.स.)। पुरुलिया रेलवे स्टेशनमा जीआरपी औ आरपीएफको संयुक्त कारबाहीमा चोरीका 15 वटा एण्ड्रोयड मोबाइल फोनसितै दुई जना महिलाहरूलाई पक्राउ गरिएको छ। यी दुई महिलामाथि विभिन्न ट्रेनहरूमा यात्रा गर्ने यात्रीहरूको मोबाइल पोन चोरी गरेको आरोप लगाइएको छ। मामिलाको जाँच भइरहेको छ।
जानकारी अनुसार गए सोमवार साँझ लगभग 6 बजे पुरूलिया जीआरपी थानाका सब-इन्स्पेक्टर समीर मुखर्जीले लिखित सिकायत दर्ता गराए। सिकायतमा उल्लेख गरिएको छ, उनी कन्स्टेबल नागेश्वर उराँव, लेडी कन्स्टेबल ममता टुडू (पुरुलिया जीआरपी), एएसआई रामबाबू यादव तथा आरपीएफ पोस्ट पुरुलियाका हेड कन्स्टेबल हेमराज मीणाको साथमा पुरुलिया रेलवे स्टेशनको प्लेटफर्म नम्बर दुई र तीनमा अप्राध निरोधक निगरानी एवं चेकिङ्ग ड्यूटीमा थिए।
यस अवधि पुलिस टीमको नजर स्टेशनको एउटा बेञ्चमा बसेका दुई जना महिलाहरूमाथि पऱ्यो जोसित दुई वटा सेतो रङ्गको प्लास्टिकको थैला थियो। शङ्काको आधारमा महिला कन्स्टेबलको उपस्थितिमा दुवैलाई हिरासतमा लिएर जाँचबुझ गरियो। उनको पहिचान रामकली देवी सिंह (29) तथा राप्ती देवी सिंह (39)- को रूपमा भएको छ। दुवै पुरूलिया जिल्लाको बलरामपुर थाना अन्तर्गत पार्कीडीह एवं छुटकीडीह क्षेत्रका निवासी हुन्।
जाँच गर्दा दुवै महिलाहरूबाट 15 वटा एण्ड्रोयड मोबाइल फोन भेटियो। पुलिसले सेध्दा उनीहरूले यी फोनहरूको बारेमा कुनै वैध दस्तावेज वा सन्तोषजनक जवाफ दिन सकेनन्। कड़ा जाँचबुझमा दुवै आरोपीले स्वीकार गरे, उनीहरूले अलग-अलग ट्रेनहरूका यात्रीहरूबाट मोबाइल चोरी गरेका थिए जसलाई बेच्नको लागि लगिंदैथ्यो। त्यसपछि पुलिसले स्वतन्त्र साक्षीको उपस्थितिमा सबै मोबाइल फोनलाई जफत गरी दुवै आरोपीलाई उच्चतम न्यायालयको दिशा-निर्देशलाई पालन गर्दै पक्राउ गरियो।
पछि दुवैलाई फोनहरूसितै पुरूलिया जीआरपी थानामा ल्याइयो जहाँ मामिला दर्ता गरी अग्रिम जाँच शुरू गरिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा