श्रम विभाग र पीएफ विभागद्वारा गोविन्द गर्गको सम्पत्ति कुडकी गर्ने प्रक्रिया अघि बढ्दैछ: राजु विष्ट
Raju bist


खरसाङ, 30 जून (हि.स.)। खरसाङको गाडीधुरा भ्रमणका क्रममा आज दार्जिलिङका सांसद राजु विष्टसँग लङभ्यू चिया बगानका आन्दोलनरत् श्रमिकहरूले भेटघाट गरेका छन्। भेटका क्रममा हिल प्लान्टेसन इम्प्लोइज युनियन, लङभ्यू युनिटका संयोजक सेमिका लामाको नेतृत्वमा गएका प्रतिनिधि मण्डलले लङ्भ्यू चिया बगानको वर्तमान अवस्थाबारे जानकारी गराउँदै समस्या समाधानका लागि यथाशीघ्र मन्त्रीस्तरीय बैठक आह्वान गर्नुपर्ने मागसहित ज्ञापन पत्र बुझायो।

सांसद विष्टले मालिक गोविन्द गर्गविरुद्ध श्रम विभाग र पीएफ विभागले आवश्यक कानुनी प्रक्रिया अघि बढाइसकेको जानकारी दिए। उनका अनुसार, सम्बन्धित विभागहरूले मालिकको सम्पत्ति कुड्की गरी त्यसबाट प्राप्त रकममार्फत श्रमिकहरूको पीएफ तथा अन्य बकाया रकम भुक्तानी गर्ने प्रक्रिया अगाडि बढाइरहेका छन्।

स्मरण रहोस्, यस अघि पनि संसद विष्टले लङभ्यू श्रमिकहरूको अनशन स्थलबाट सात दिन भित्रमा समस्याको समाधान हुने वचन दिएका थिए।

---------------

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande