
ग्वालपाड़ा, ३० जून (हि.स.)। ग्वालपाड़ा जिल्लाको दूधनोई क्षेत्रबाट पुलिसले तीन जना काठ तस्करलाई पक्राउ गरेको छ।
पुलिसले मङ्गलवार जानकारी दिँदै गोप्य सूचनाको आधारमा ग्वालपाड़ा जिल्लाको दूधनोई स्थित असम–मेघालय सीमावर्ती सिलूक क्षेत्रमा सञ्चालन गरिएको अभियानका क्रममा एउटा बोलेरो पिकअप गाड़ीबाट ९० वटा काठका गोलिया (कुन्दा) बताएको छ।
यस घटनामा संलग्न तीन जना तस्करलाई पक्राउ गरिएको छ। पक्रा परेका काठ तस्करहरूको पहिचान अनवर हुसैन, अपजित कछारी र भास्कर नाथका रूपमा भएको छ।
यस सम्बन्धमा पुलिसले मुद्दा दर्ता गरी घटनाबारे वन विभागलाई जानकारी गराएको छ। वन विभागले जफत गरिएको काठ तथा पक्रा परेका तस्करहरूलाई आफ्नो जिम्मामा लिएर थप अनुसन्धान शुरु गरेको छ।
हिन्दुस्थान समाचार / भवानी थामी