एनएससीएन (निक्की-सुमी)- का दुई क्याडर आत्मसमर्पित
एनएससीएन (निक्की-सुमी)- का दुई क्याडर आत्मसमर्पित


इटानगर, 30 जून (हि.स.)। असम राइफल्स औ अरुणाचल प्रदेशको तिरप पुलिसको संयुक्त सहयोगमा दुई जना उग्रवादीहरूलाई आत्मसमर्पण गराउनको साथै शान्ति बहालको प्रयासलाई अघि बढ़ाइयो।

असम राइफल्स नर्थ इस्टले आज आफ्नो सोशल मीडिया फेसबुकको माध्यमबाट आधिकारिक बयानमा बताएको छ, असम राइफल्सले शान्ति तथा स्थिरतालाई प्रोत्साहन दिने दिशामा एउटा महत्वपूर्ण कदम उठाउँदै बितेको 28 जूनमा अरूणाचल प्रदेशको खेती क्षेत्रमा उग्रवादी सङ्गठन एनएससीएनको (निक्की सुमी) गुटका दुई जना सदस्यलाई असम राइफल्स औ तिरप पुलिस समक्ष स्वेच्छाले आत्मसमर्पण गर्न मद्दत गऱ्यो। आत्मसमर्पणसितै यी दुई क्याडरहरूले दुई वटा पिस्तोल, म्यागजिन तथा आठ वटा जिउँदो कारतूस सुम्पिए।

आत्मसमर्पण गर्ने मानिसहरूलाई सरकारी नीति अनुसार कानूनी औपचारिकता औ पुनर्वासको प्रक्रिया पूरा गर्नको लागि हिरासतमा लिइएको छ। यो आत्मसमर्पणले सुरक्षा बलहरूमाथि बढ़्दो भरोसालाई दर्शाउँछ साथै भ्रममा परेका युवाहरूलाई हिंसा छोड़ेर शान्ति, प्रगति अनि राष्ट्र निर्माणको मार्गमा अग्रसर हुनको लागि प्रोत्साहित गर्ने असम राइफल्सका निरन्तर प्रयासहरूलाई उजागार गर्छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande