
इटानगर, 30 जून (हि.स.)। अरुणाचल प्रदेशमा आएको बाढ़ी पश्चात सृजित स्थितिको जायजा लिनका लागि आज केन्द्रिय मन्त्रीद्वय शिवराज सिंह चौहान र किरेन रिजिजू राज्यको दौड़ाह गर्न यहाँ आएका छन्। दुई केन्द्रिय मन्त्रीहरूले हालैमा राज्यमा आएको भलबाढ़ीले सृजना गरेको स्थिति औ यस आपदाबाट भएको नोक्सानको समीक्षा गर्नेछन्।
अरुणाचल प्रदेशका मुख्यमन्त्री पेमा खाण्डुले आफ्नो सोशल मीडिया पेजमा यस आशयको जानकारी गराएका छन्। मुख्यमन्त्रीले अरूणाचलमा आएका दुई केन्द्रिय मन्त्रीहरूलाई स्वागत गरे। उनले भने, म प्रधानमन्त्री नरेन्द्र मोदीको हृदयबाटै आभार व्यक्त गर्दछु कि उनले राज्यको स्थितिलाई लिएर व्यक्तिगत रूपमा तुरून्तै चिन्ता तथा समर्थन देखाए साथै स्थितिको जायजा लिनका लागि केन्द्रिय मनन्त्रीहरूलाई राज्यको भ्रमण गर्न पठाए।
मुख्यमन्त्रीले भनेका छन्, उनीहरूको यो दौड़ाहले आपदाको यस घड़ीमा अरूणाचल प्रदेशका मानिसहरूको साथमा रहने भारत सरकारको अटुट सङ्कल्पलाई दर्शाउँछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा