
कोलकाता, 30 जून (हि.स.)। पश्चिम बङ्गालमादक्षिण-पश्चिम मनसुन पूर्ण रूपले सक्रिय भएको छ जसको प्रभावले राज्यका अधिकांश भागहरूमा आगामी केही दिनसम्म घनाभन्दा घना वर्षा हुने सम्भावना प्रबल रहेको छ। अलिपुरस्थित मौसम क्षेत्रीय कार्यालयअनुसारउत्तर बङ्गालका जिल्लाहरूमा एकातिर अविरल रूपमा मुसलधारे पानी पर्नेछ भने अर्कोतिर दक्षिण बङ्गालका जिल्लाहरूमा वज्रपातसितै हुन्डरी तथा घना वर्षालाई लिएर चेताउनी जारी गरिएको छ।
मौसम विभागकोरिपोर्टअनुसार उत्तर बङ्गालकापाँच वटाजिल्लाहरू क्रमैले दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी, अलिपुरद्वार औकुचबिहारमा आगामी 24-देखि 48 घण्टाको अवधिमा अत्यधिक घना वर्षा हुने आशङ्का छ। हिमाली क्षेत्रहरूमा लगातार परिरहेको पानीले गर्दा पैह्रोको जोखिम अझ बढ़ेको छ जसबाट प्रशासनलाई पूर्ण रूपमा सतर्क रहने निर्देश दिइएको छ। साथै मालदा, उत्तर औदक्षिण दिनाजपुरमा पनि मेघ गर्जनसितै मध्यमदेखि घना वर्षाको सिलसिला जारी रहनेछ।
अर्कोतिरदक्षिण बङ्गालका जिल्लाहरूमा पनि मनसुन सक्रिय भएकोले मौसमको स्वरूप पूर्ण रूपले फेरिएको छ। राजधानी कोलकाता सहित हावड़ा, हुगली, उत्तरएवंदक्षिण 24 परगना, पूर्वतथापश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा औबीरभूम जिल्लामा कालो बादलको चलखेल आकाशमा भइरहेको छ। मौसम वैज्ञानिकहरूको भनाइ छ, यी क्षेत्रहरूमा 40-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा चल्ने अनि वज्रपात हुने अत्यधिक सम्भावना छ। लगातार भइरहेको यस वर्षाले तापमानमा ह्रास आउनको साथै मानिसहरूलाई आद्रतवापूर्ण गर्मीबाट राहतप्राप्त भएको छ। तल्लो क्षेत्रहरूमा पानी जमिनसक्ने स्थितिलाई मध्यनजर गर्दै नगरनिगम र आपदा प्रबन्धन विभागलाई अलर्ट मोडमा राखिएको छ।
---------------
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा