
गुवाहाटी, 30 जून (हि.स.)। असम पुलिसले कछार जिल्लामा गुप्त सूचनाको आधारमा सञ्चालित एक अभियानमा लगभग एक करोड़ रुपियाँको 10 हजार याबा ट्याबलेट जफत गरेको छ। यस कारबाहीमा फर्निचर पसलको आड़मा सञ्चालित एक गोप्य ठेगनाको भण्डाफोर गर्दै एकजना आरोपीलाई पक्राउ गरियो।
मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले यस सफलताको निम्ति कछार पुलिसको सराहना गर्दै भने, 24 घण्टाभित्रमा यो दोस्रो कारबाही हो जहाँ प्रचुर मात्रामा मादक पदार्थ जफत गरिएको छ। उनले भने, राज्य सरकारको ‘असम अगेन्स्ट ड्रग्स’ अभियान पूर्ण दृढ़ताको साथमा जारी छ। नशा तस्करहरू विरोधी अभियानमा अलिकति पनि छुट दिइनेछैन।
पुलिसले मामिलाको जाँच गर्न शुरू गरेको छ। जफत गरेको खेपको श्रोत पत्तो लगाउन तथा यस नेटवर्कसित जोड़िएका अन्य मानिसहरूलाई चिन्हित गर्नको लागि अग्रिम कारबाही भइरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा