राज्यपालले राष्ट्रिय डाक्टर दिवसको बधाई एवं शुभकामना दिए
om prakash mathur


गान्तोक, 30 जून (हि.स.)। सिक्किमका राज्यपाल ओमप्रकाश माथुरले राष्ट्रिय डाक्टर दिवसको अवसरमा सबै कर्मठ डाक्टरहरू र चिकित्सा समुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।

राज्यपालले आफ्नो सन्देशमा भने, यो विशेष दिन महान चिकित्सक डा. बिधान चन्द्र रायको स्मृतिलाई समर्पित छ, जसको जीवन चिकित्साको क्षेत्रमा सेवा र समर्पणको एक उत्कृष्ट उदाहरण हो। यस दिनले हामलाई समाजमा डाक्टरहरूको योगदान र उनीहरूको निस्वार्थ सेवाभावप्रति कृतज्ञता प्रकट गर्ने अवसर प्रदान गर्दछ। डाक्टरहरू हाम्रो समाजका ती सजग प्रहरी हुन्, जसले मानव जीवनलाई सुरक्षित र स्वस्थ राख्नका लागि दिन राति अथक कार्य गर्छन्।

राज्यपालले भने, एक स्वस्थ सिक्किम र समृद्ध भारतको निर्माणमा हाम्रा डाक्टरहरूको भूमिका अत्यन्त महत्वपूर्ण छ। उनले यस अवसरमा सबै डाक्टरहरूप्रति सम्मान र आभार प्रकट गर्न तथा एउटा यस्तो समाजको निर्माण गर्न संकल्प लिने आह्वान गरेका छन्, जहॉं हरेक नागरिकले उन्नत स्वास्थ्य सुविधाहरू प्राप्त गर्न सकुन्।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande