आकाशवाणी गुवाहाटीको स्थापना दिवसमा मुख्यमन्त्रीले दिए शुभकामना
आकाशवाणी गुवाहाटीको स्थापना दिवसमा मुख्यमन्त्रीले दिए शुभकामना


गुवाहाटी, 01 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार आकाशवाणी गुवाहाटीको स्थापना दिवसको अवसरमा शुभकामना दिँदै भने, यो एउटा संस्थानको नाम मात्र होइन, असमको संस्कृति एवं सामाजिक जीवनको एक अभिन्न अध्याय पनि हो।

मुख्यमन्त्रीले सोशल मीडियामा जारी आफ्नो सन्देशमा भने, स्थापना कालदेखि नै आकाशवाणी गुवाहाटीले असङ्ख्य कलाकार, साहित्यकार, पत्रकार औ श्रोताहरूको हृदयमा विशेष स्थान बनाएकोछ। उनले यस प्रतिष्ठित संस्थानसित जोड़िएका प्रत्येक व्यक्तिलाई हार्दिक शुभकामना एवं बधाई दिए।

मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले विश्वास व्यक्त गरे, आकाशवाणी गुवाहाटीले आगामी दिनमा पनि असमिया भाषा, साहित्य, सङ्गीत औ लोक-संस्कृतिको समृद्ध धरोहरलाई विश्व मञ्चसम्म पुऱ्याइरहनेछ अनि भावी पिँढ़ीको लागि प्रेरणाको श्रोत बनिरहनेछ। उनले स्थापना दिवसमा संस्थाको निरन्तर प्रगति अनि सफलताको पनि कामना गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande