खड़गपुरमा वृद्ध सासुमाथि कुटपिट गरेको भीडियो भाइरल, पुलिसले बुहारीलाई समात्यो
खड़गपुरमा वृद्ध सासुमाथि कुटपिट गरेको भीडियो भाइरल, पुलिसले बुहारीलाई समात्यो


खड़गपुर, 01 जुलाई (हि.स.)। पश्चिम बङ्गालको खड़गपुरमा वृद्ध सासुमाथि कुटपिट गरेको भीडियो सोशल मीडियामा भाइरल भएपछि पुलिसले आरोपी बुहारीलाई पक्राउ गरेको छ। घटनापछि क्षेत्रमा व्यापक आक्रोश व्याप्त भएको छ।

जानकारी अनुसार घटना खड़गपुरको वार्ड संख्या 19 स्थित खरिदा बजार क्षेत्रमा भएको हो। आरोप छ, लगभग 90 वर्षीय वृद्ध महिलालाई उनकी जेठी बुहारीले जुत्ता र झाड़़ुले निर्दयतापूर्वक कुटिन्। परिवारकी अर्की बुहारीले यसको विरोध गर्दा उमाथि पनि ती महिला जाइलागि्।

भनिन्छ, परिवारकी अर्की बुहारीले घटनाको भीडियो बनाएर सोशल मीडियामा साझा गरिन्।भीडियो भाइरल भएपथि गए मङ्गलवार साँझ स्थानीय मानिसहरूले आरोपी महिलाको घर अगाड़ि विरोध प्रदर्शन गरे। घटना बारे जानकारी पाएपछि खड़गपुर महिला थाना पुलिसले तुरून्तै कारबाही गर्दै आरोपी बुहारीलाई पक्राउ गऱ्यो। पुलिसले मामिलाको जाँच ग रिरहेको छ। यस घटनाको सम्पूर्ण खड़गपुरमा निन्दा भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande