
हुगली, 01 जुलाई (हि.स.)। रिषड़ा पुलिसले ठूलो कारबाही गर्दै गए मङ्लवार अबेर राती रिषड़ा, श्रीरामपुर तथा उत्तरपाड़ा क्षेत्रबाट सात जना कुख्यात अपराधीहरूलाई पक्राउ गऱ्यो। पुलिसले आरोपीहरूको कब्जाबाट अवैध आग्नेयास्त्र, कारतूस तथा अन्य घातक हतियार पनि जफत गरेको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान रोहित शर्मा उपनाम राहुल (18), मोहम्मद साहिल उपनाम मड्डा (25), बिट्टू (26), सूरज बहादुर थापा (25), सुबीर नन्दी उपनाम पापाई, मोहम्मद चांद हुसैन (33) तथा मोहम्मद अशफाक उपनाम राज (22)-कोरूपमा भएको छ।
पुलिस अनुसार पक्रा पर्ने सबै आरोपीहरू आदतले नै अपराधी हुन् भने यिनीहरूविरूद्ध वरपरका थानाहरूमा पहिलाबाटै केही आपराधिक मामिला दर्ता छन्। जाँचमा यो पनि खुलासा भएको छ, सबै आरोपीहरू कुख्यात अपराधी गिरोहको टाउके रमेश महतो र कमल देवका सहयोगीहरू हुन्।
यस सम्बन्धमा सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरिएको छ। बुधवार आरोपीहरूलाई दश दिनको पुलिस रिमाण्डमा लिने आवेदनसहित श्रीरामपुरस्थित अप्पर मुख्य न्यायिक दण्डाधिकारी (एसीजेएम)- को अदालतमा पेश गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा