
कोलकाता, 01 जुलाई (हि.स.)। पश्चिम बङ्गाल सरकारले राज्यको प्रशासनिक ढाँचामा ठूलो फेरबदल गर्दै पुलिस विभागमा व्यापक स्थानान्तरण गरेको छ। नवान्नद्वारा जारी अधिसूचना अनुसार 15 जना आईपीएस तथा वेस्ट बङ्गाल पुलिस सेवा (डब्ल्यूबीपीएस) अधिकारीहरूको पदमा फेरबदल गरिएको छ। यीमध्ये केही अधिकारीहरूलाई पदोन्नति दिइएको छ भने कतिपयलाई नियमित स्थानान्तरण गरिएको छ जबकि कतिपयको पूर्व आदेशलाई रद्द गरी नयाँ जिम्मेवारी सुम्पिइएको छ।
जारी आदेश मुताविक आईपीएस अधिकारी अञ्जन चक्रवर्तीको जून महिनामा जारी स्थानान्तरण आदेशमा आंशिक संशोधन गर्दै उनलाई फोरेन्सिक साइन्स लेबोरटरी (एफएसएल)- को आईजीपी नियुक्त गरिएको छ।
आईपीएस अधिकारी सुमनजीत रायलाई इन्टेलिजेन्स ब्यूरो (आईबी)- मा आईजीपी (बोर्डर)-को जिम्मेवारी दिइएको छ भने आईपीएस राशिद मुनिर खानलाई पदोन्नतिसितै हेडक्वार्टरको आईजीपी बनाइएको छ।
कोलकाता एसटीएफमा डीसी पदमा कार्यरत आईपीएस प्रदीप कुमार यादवलाई कोलकाता पुलिसको चौथो बटालियनको डीसी नियुक्त गरिएको छ।
अर्कोतिर अम्लान कुसुम घोषलाई एसटीएफको डीसी बनाइएको छ जो यसअघि हावड़ा पुलिस कमिश्नरेटमा नर्थ डीसीको पदमा थिए।
कृष्णनगर पुलिस जिल्लाका अतिरिक्त पुलिस अधीक्षक सम्भव जैनलाई कोलकाता ट्राफिक विभागको डीसी नियुक्त गरिएको छ भने हावड़ा डीसी सेन्ट्रलको रूपमा उनको पूर्व स्थानान्तरणको आदेशलाई रद्द गरिएको छ।
रानाघाटकी एसडीपीओ सबिता गोटियाललाई सीआईडीमा एडिशनल एसएस पदमा पठाइएको छ। डब्ल्यूबीपीएस अधिकारी शौभनिक मुखर्जीलाई हावड़ा ग्रामीणको अतिरिक्त पुलिस अधीक्षक नियुक्त गरिएको छ।
यस अतिरिक्त डब्ल्यूबीपीएस अधिकारी सन्दीप सेनलाई झाड़ग्राम जिल्लामा अतिरिक्त पुलिस अधीक्षक (हेडक्वार्टर) बनाइएको छ जो यसअघि खड़गपुरमा अतिरिक्त पुलिस अधीक्षकको पदमा कार्यरत थिए।
डब्ल्यूबीपीएस अधिकारी श्यामलकुमार मण्डललाई सुन्दरबन पुलिस जिल्लामा अतिरिक्त पुलिस अधीक्षक (जोनल)-को जिम्मेवारी सुम्पिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा