
गुवाहाटी, 01 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले राष्ट्रिय चिकित्सक दिवसको अवसरमा प्रदेशका सबै चिकित्सकहरूलाई हार्दिक शुभकामना दिए। उनले भने, डाक्टरहरूले आफ्नो जीवनको परवाह नगरी मानव जीवनको रक्षा गर्नको लागि निरन्तर समर्पित भावले कार्य गर्दछन्।
मुख्यमन्त्रीसे सोशल मीडियामा जारी आफ्नो सन्देशमा भने, एक स्वस्थ देश तथा सशक्त राष्ट्रको आधारशिला चिकित्सक नै हुन्छन्। उनले भने, समाजप्रति उनीहरूको निःस्वार्थ सेवा औ समर्पण अतुलनीय छ।
डा. सरमाले भने, जनसेवाको हितमा चिकित्सकहरूलाई समर्थन अनि सहयोग गर्नु प्रत्येक नागरिकको नैतिक जिम्मेवारी हो। उनले चिकित्सा समुदायप्रति आभार व्यक्त गर्दै उनीहरूको उज्जवल भविष्य तथा निरन्तर सेवा भावनाको कामना गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा