इनारमा भेटियो एक महिलाको शव, अनुसन्धानमा जुट्यो पुलिस
इनारमा भेटियो एक महिलाको शव, अनुसन्धानमा जुट्यो पुलिस


भागलपुर, १ जुलाई (हि.स.)। जिल्लाको रसलपुर थाना क्षेत्रअन्तर्गत एउटा इनारमा एक महिलाको शव भेटिएको छ। शव मंगलवार अबेर राति फेला परेको हो।

मृतक महिलाको पहिचान चन्नो गाउँ निवासी २० वर्षीया मिर्चोदेवीको रूपमा भएको छ। जानकारी अनुसार, पतिले बोलाउँदा उनी घरबाट निस्किएकी थिइन् तर अबेर राति गाउँ नजिकैको इनारमा उनको शव फेला पर्यो।

घटनापछि परिवारजनले उनका पति सहित तीन जनामाथि हत्या गरेको आरोप लगाएका छन्। घटनाको जानकारी प्राप्त हुनासाथ रसलपुर थाना पुलिस घटनास्थलमा पुगेको थियो र शवलाई आफ्नो कब्जामा लिएर पोस्टमार्टमका लागि पठाउने प्रक्रिया शुरु गर्यो।

थाना प्रमुख ले शव पोस्टमार्टमका लागि पठाइँदै गरेको जानकारी दिएका छन्। परिवारजनबाट प्राप्त उजुरीको आधारमा घटनाको अनुसन्धान शुरु गरिएको उनले बताए। पोस्टमार्टम रिपोर्ट पप्राप्त भएपछि त्यसका आधारमा थप कानूनी कारबाही अगाड़ी बढ़ाइनेछ।

हाल पुलिसले घटनाको सबै पक्षबाट अनुसन्धान गरिरहेको छ। पोस्टमार्टम रिपोर्ट आएपछि मात्र महिलाको मृत्यु कुन परिस्थितिमा भएको हो भन्ने स्पष्ट हुने बताइएको छ।

मृतक मिर्चो कुमारीको विवाह लगभग दुई वर्षअघि सनोखर थाना क्षेत्रको वालीपुर सोहायल निवासी परमानन्द यादवसंग भएको थियो। दम्पतीकी एक सानी छोरी पनि छ। केही समययता मिर्चो आफ्नै माइतीघर चन्नो गाउँमा बस्दै आएकी थिइन्।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande