
कोलकाता, 01 जुलाई (हि.स.)। राष्ट्रिय चिकित्सक दिवसको अवसरमा पश्चिम बङ्गालका मुख्यमन्त्री शुभेन्दु अधिकारीले राज्यका पूर्व मुख्यमन्त्री औ विख्यात चिकित्सक डा. बिधान चन्द्र रायको जयन्ती एवं पुण्यतिथिमा उनलाई विनम्र श्रद्धाञ्जली अर्पण गरे। उनले भने, डा.रायको निस्वार्थ जनसेवा तथा चिकित्सा क्षेत्रमा उत्कृष्ट योगदानको दोहोरो धरोहरले आजका पिँढ़ीहरूलाई पनि प्रेरित गर्छ।
मुख्यमन्त्रीले आफ्नो एक्स पोस्टमा राज्य एवं सबै चिकित्सकहरू, नर्स एवं चिकित्सा पेशासित सम्बन्धित मानिसहरूलाई राष्ट्रिय चिकित्सक दिवसको शुभकामना दिँदै उनीहरूप्रति गहिरो कृतज्ञता प्रकट गरे। उनले भने, चिकित्सा समुदायको अटुट प्रतिबद्धता, करुणा औ प्रतिदिन गरिने त्याग समाजको स्वास्थ्य एवं कल्याणको मजबुत आधारशिला हो। कठिनभन्दा कठिन परिस्थितिमा पनि डाक्टर, नर्स एवं स्वास्थ्य कर्मीहरूले अग्रिम पङ्क्तिका योद्धा,उपचारका प्रतीक तथा आशाका किरण भएर मानिसहरूको सेवा गर्दछन्।
मुख्यमन्त्रीले भने, पश्चिम बङ्गाल सरकार चिकित्सा समुदायको साथमा सशक्त रूपमा उभिएकोछ र राज्यको स्वास्थ्य ढाँचालाई लगातार मजबुत बनाउनको लागि प्रतिबद्ध छ। उनले भने, सरकारले चिकित्सा क्षेत्रसित जोड़िएका सबै पेशावरहरूलाई हरेक स्तरमा सहयोग गरिरहेछ जसरी उनीहरू प्रतिदिन जनताको सेवामासमर्पित रहन्छन्।
उनले चिकित्सा समुदायका अथक प्रयासहरूको सराहना गर्दै भने, सबै स्वास्थ्यकर्मीले कुशल एवं स्वस्थ भारत निर्माणको दिशामा महत्वपूर्ण भूमिका निभाइरहेका छन्। मुख्यमन्त्रीले उनीहरूको समर्पण र सेवाभावको लागि सबै डाक्टर,नर्स एवं चिकित्सा कर्मीहरूप्रति आभार समेत व्यक्त गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा