
गुवाहाटी, 01 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार वन महोत्सवको अवसरमा प्रदेशवासीहरूसित पर्यावरण संरक्षणको लागि सामूहिक रूपमा अगाड़ि आउने आह्वान गरे।
मुख्यमन्त्रीले सोशल मीडियामा जारी सन्देशमा भने, पर्यावरण संरक्षणको दिशामा उठाइएको हरेक सानो-ठूलो कदम वर्तमानको लागि मात्र नभएर आगामी पिंढ़ीहरूको लागि एक हरित सङ्कल्प हो। उनले सबै मानिसहरूसित वृक्षरोपण अभियानमा भाग लिने अनि वन्यजीवहरूको संरक्षण गर्ने भावनालाई प्राथमिकता दिने अपील गरे।
डा. सरमाले भने, प्रकृतिसित हाम्रो सम्बन्धलाई अझ बड़ी मजबुत बनाउन तथा हरित असम निर्माणको यस यात्रामा समाजका प्रत्येक व्यक्तिको सक्रियसहभागिता अत्यन्त आवश्यक छ। उनले वन महोत्सवको अवसरमा सबै नागरिकहरूसित पर्यावरण संरक्षणको यस अभियानसित जोड़िने आग्रह गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा