गुवाहाटीमा तीन मादक पदार्थ तस्कर पक्राउ, 156.77 ग्राम हेरोइन जफत
गुवाहाटीमा तीन मादक पदार्थ तस्कर पक्राउ, 156.77 ग्राम हेरोइन जफत


गुवाहाटी, 01 जुलाई (हि.स.)। गुवाहाटी पुलिसले शहरको बीरूबाड़ी-शङ्करपुर क्षेत्रमा छापामारी गरी तीन जना कथित मादक पदार्थ तस्करहरूलाई पक्राउ गऱ्यो। पुलिसले यी तस्करहरूको कब्जाबाट 156.77 ग्राम हेरोइन, नगद तथा मोबाइल फोन जफत गरेको छ।

गुवाहाटी पुलिस आयुक्तालयले बुधवार बतायो, विशिष्ट गुप्त सूचनाको आधारमा वेस्ट गुवाहाटी पुलिस जिल्ला (डब्ल्यूजीपीडी)- को फटासिल आमबारी थाना पुलिसको टीमले बुधवार यो कारबाही गरेको हो। पक्रा पर्ने आरोपीहरूको पहिचान पान बजार निवासी नुरुल हक (39), फ्यान्सी बजार निवासी नितेश सिंह (21) औ पानबजार निवासी सालेहा बीबी (27)- को रूपमा भएको छ।

छापामारीमा पुलिसले 127 शिशीमा राखिएको 156.77 ग्राम हेरोइन, 1,14,082 नगद राशि तथा तीन वटा मोबाइल फोन जफत गऱ्यो। पुलिसले आरोपीविरूद्ध सम्बन्धित धाराहरू अन्तर्गत मामिला दर्ता गरी कारबाही शुरू गरेको छ। मामिलाको जाँच जारी छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande