
गुवाहाटी, 01 जुलाई (हि.स.)। गुवाहाटीको पञ्जाबाड़ी क्षेत्रमा पुलिसले कारबाही गर्दै लगभग 13 लाख रुपियाँको जाली भारतीय नोट जफत गरेको छ। यस मामिलामा तीन जना कथित नोट तस्करहरूलाई पक्राउ गरिएको छ।
पुलिस अनुसार पक्रा पर्ने आरोपी उत्तर प्रदेशको कानपुरदेखि गुवाहाटी आएको थियो जसले शहरमा जाली नोटहरूलाई खर्च गर्ने योजना बनाइरहेको थियो। कारबाही अवधि पुलिसले जाली नोटहरूसँगसँगै उत्तर प्रदेश पञ्जीकृत एउटा वाहन पनि जफत गरेको छ।
पुलिसले मामिलाको जाँच गरिरहेको छ। जाली नोटहरूको श्रोत तथा यस नेटवर्कसित जोड़िएका मानिसहरूलाई चिन्हित गर्ने प्रयास गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा