अवैध बर्मेली सिगरेटको खेप जफत, दुई पक्राउ
अवैध बर्मेली सिगरेटको खेप जफत, दुई पक्राउ


गुवाहाटी, 01 जुलाई (हि.स.)। गुवाहाटीको आजरा थाना पुलिसको एक टीमले आजरा थाना निकट एउटा वाहनबाट अवैध बर्मेली (म्यान्मार) सिगरेटको ठूलो खेपलाई जफत गरी दुई जना आरोपीहरूलाई पक्राउ गऱ्यो।

गुवाहाटी पुलिस आयुक्तालयले बुधवार बतायो, पुलिसले वाहन सङ्ख्या एएस-32सी-0246-लाई रोकेर जाँच गर्दा 11 कार्टन अवैध बर्मेली सिगरेट जफत गऱ्यो जसको अनुमानित बजार मूल्य दश लाख रुपियाँभन्दा अधिक रहेको बताइएको छ। पक्रा पर्ने आरोपीहरूको पहिचान सुरेश गोस्वामी (21), निवासी चुरू (राजस्थान) औ पवन गोसाई (19), निवासी बिकानेर (राजस्थान) -को रूपमा भएको छ। पुलिसले बतायो, मामिलामा अग्रिम कानूनी कारबाही भइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande