
झाड़ग्राम, 01 जुलाई (हि.स.)। झाड़ग्राम जिल्लाको दहिजुड़ी क्षेत्रस्थित कुमिरकाता गाउँमा गए मङ्गलवार अबेर साँझ ऐतिहासिक हूल दिवस उत्साव अनि श्रद्धापूर्वक मनाइयो। रोसिका महल क्लबद्वारा आयोजित यस कार्यक्रममा अविरल वर्षा तथा प्रतिकूल मौसम भए पनि ठूलो सङ्ख्यामा सन्ताल समुदायका महिला-पुरूषहरूले भाग लिए।
आदिवासी संस्कृति, परम्परा औ वीर शहीदहरूलाई श्रद्धाञ्जली दिइनको साथै सम्पूर्ण क्षेत्रमा उत्साह छाएको थियो। कार्यक्रममा मुख्य अतिथिका रूपमा पूर्व आईपीएस अधिकारी औ भाजपाकी केन्द्रिय प्रवक्ता भारती घोष उपस्थित थिइन्। यस अतिरिक्त क्षेत्रका केही गण्यमान्य मानिसहरू पनि कार्यक्रममा उपस्थित थिए।
कार्यक्रमको शुरुआतमा वीर शहीद सिद्धू र कान्हूको प्रतिमामा माल्यार्पण गरियो। कार्यक्रमलाई सम्बोधन गर्दै भारती घोषले भनिन्, हूल दिवस भारतको पहिलो स्वतन्त्रता सङ्ग्रामको शुरुआतको प्रतीक हो। वर्ष 1855- मा सिद्धू-कान्हूले ब्रिटिश शासन, अत्याचार औ शोषणको विरोधमा विद्रोहको बिगुल फुकेका थिए जुन देशको इतिहासको गौरवपूर्ण अध्याय हो।
उनले भनिन्, सम्पूर्ण देशमा सङ्गठित आन्दोलन शुरू भएकै थिएन, त्यसबेला सन्थान समाजका यी दुई वीरहरूले अन्यायको विरोधमा सङ्घर्षको बाटो चुने। आफ्नो जमीन,अधिकार तथा सम्मानको रक्षाको लागि उनको बलिदान आज पनि मानिसहरूको लागि प्रेरणा भएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा