
नयाँ दिल्ली, 01 जुलाई (हि.स.)। दिल्लीका उपराज्यपाल तरनजीत सिंह सन्धूले दिल्ली पुलिस कमिश्नरेट दिवसको अवसरमा परेडको सलामी ग्रहण गरे। यो परेड किङ्ग्सवे क्याम्पस्थित न्यू पुलिस ग्राउण्डमा आयोजना भएको थियो।
उनले पुलिस बलसित अपील गरे, उनीहरूले मानवीय, इमानदार औ टेक्नोलोजीमाथि आधारित पुलिसिङ्ग'को मूल सिद्धान्तप्रति आफ्नो प्रतिबद्धता लाई दोहोऱ्याउन्।
उपराज्यपालले सोशल मीडिया अकाउन्ट एक्समा पोस्ट गर्दै भने, दिल्ली पुलिस बलको अटुट प्रतिबद्धता, अनुशासन औ व्यावसायिकता एक सुरक्षित, संरक्षित एवं नागरिक-केन्द्रित राष्ट्रिय राजधानीको आधारशिला बनेको छ। उनले भने, दिल्ली पुलिसको सेवा तथा समर्पण हाम्रो लागि अत्यन्त महत्वपूर्ण छ,किनभने हामी एक सुरक्षित दिल्लीको परिकल्पनाको दिशामा मिलेर काम गरिरहेका छौं।
उपराज्यपालले यस विशेष दिनमा कमिश्नर तथा सबै वरिष्ठ पुलिस अधिकारीहरूलाई हृदयबाटै बधाई दिँदै भने, आज केही पुलिस अधिकारीहरूलाई वीरताको पुरस्कारले सम्मानित गरिएको छ। दिल्ली पुलिस भारतको सबैभन्दा महत्वपूर्ण संस्थानहरूमध्ये एक हो। उनले भने, प्रधानमन्त्रीको भिजनलाई पूरा गर्नमा दिल्ली पुलिसले महत्वपूर्ण भूमिका निभाउनेछ। साथै यस कुरामाथि बल दिए, पुलिस बललाई नागरिकहरूमाथि केन्द्रित रहनुपर्छ जहाँ पनि सुरक्षा तथा जनताको भरोसा आवश्यक पर्छ, त्यहाँ दिल्ली पुलिसले अहम भूमिका निभाउनुपर्छ।
उपराज्यपालले भने, दिल्ली पुलिसमाथि कठिन तथा लगातार स्थानान्तरणको अवस्थामा कानून व्यवस्थालाई कायम राख्ने अनि मानिसहरूको सुरक्षा सुनिश्चित गर्ने ठूलो जिम्मेवारी छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा