कृष्णेन्दु मुखर्जीले राष्ट्रिय चिकित्सक दिवसमा डा.बिधान चन्द्र रायलाई दियो श्रद्धाञ्जली
कृष्णेन्दु मुखर्जीले राष्ट्रिय चिकित्सक दिवसमा डा.बिधान चन्द्र रायलाई दियो श्रद्धाञ्जली


पश्चिम बर्दवान, 01 जुलाई (हि. स.)। राष्ट्रिय चिकित्सक दिवसको अवसरमा आसनसोल उत्तर विधानसभाका भाजपा विधायक कृष्णेन्दु मुखर्जीले महान चिकित्सक, प्रख्यात शिक्षाविद् एवं पश्चिम बङ्गालका पूर्व मुख्यमन्त्री डा. बिधान चन्द्र रायको जयन्ती एवं पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे। यस अवसरमा उनले कन्यापुरको छेउमा अवस्थित डा. रायको प्रतिमामा माल्यार्पण गरी उनीप्रति आफ्नो श्रद्धा व्यक्त गरे।

विधायक कृष्णेन्दु मुखर्जीले भने, डा. बिधान चन्द्र रायको सम्पूर्ण जीवन सेवा, समर्पण औ मानवताको अद्वितीय उदाहरण हो। उनको सम्मानमा प्रत्येक वर्ष 1 जुलाईमा राष्ट्रिय चिकित्सक दिवस मनाइन्छ जसले समाजलाई चिकित्सकहरूको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गर्छ।

उनले भने डा. रायका आदर्श, कार्य औ समाजप्रति उनको अमूल्य योगदानले भावी पिँढ़ीलाई सदैव प्रेरित गरिरहनेछ। उनले यस अवसरमा देशभरिका सबै चिकित्सकहरूलाई राष्ट्रिय चिकित्सक दिवसको हार्दिक शुभकामना दिँदै उनको निस्वार्थ सेवा भावलाई नमन गरे।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande