
नगाउँ (असम), 01 जुलाई (हि.स.)। नगाउँ जिल्लाको पुरनीगोदाम क्षेत्रमा भएको एक सड़क दुर्घटनामा एकजना व्यक्तिको घटनास्थलमै मृत्यु भयो भने दोस्रो व्यक्ति गम्भीर रूपमा घाइते भए।
पुलिसले बुधवार बतायो, पुरनीगोदामको कन्गापट्टीमा गए राती स्कुटी र बाइक आपस्तमा ठोक्किएर दुर्घटनाग्रस्त भयो जसमा ऋषिकेश सैकिया नामक स्कुटी सवारको घटनास्थलमै मृत्यु भयो भने विकास मुदै नामक अर्को युवक गम्भीर रूपमा घाइते भए जसलाई उन्नत उपचारको निम्ति नगाउँ चिकित्सा महाविद्यालय एवं अस्पतालमा भर्ती गरिएको छ।
मृतक एवं घाइते दुवै व्यक्तिको घर नगाउँ जिल्लाको पुरनीगोदामस्थित कढाली गाउँमा रहेको बताइएको छ। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ। साथै शवलाई पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा