पेस्तोल सहित एक जना पक्राउ
पेस्तोल सहित एक जना पक्राउ


जोरहाट (असम), १ जुलाई (हि.स.)। असमको जोरहाट जिल्ला अन्तर्गत बरहोलाको नागाबाट क्षेत्रबाट पुलिसले एक जनालाई पेस्तोल सहित पक्राउ गरेको छ।

पुलिसले बुधवार दिएको जानकारी अनुसार गोप्य सूचनाका आधारमा सञ्चालन गरिएको विशेष अभियानका क्रममा बरहोलाको नागाबाट क्षेत्रबाट उक्त व्यक्तिलाई पक्राउ गरिएको हो। पक्रा परेको अभियुक्तको पहिचान विजय कृष्ण बोराको रूपमा भएको छ। उनदेखि .२२ एमएमको एउटा पेस्तोल तथा २३ राउण्ड जिउँदो कारतुस जफत गरिएको पुलिसले जनाएको छ।

घटनासम्बन्धी जोरहाट पुलिसले प्राथमिक मुद्दा दर्ता गरी घटनाको गम्भीरतापूर्वक अनुसन्धान गरिरहेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande