माछा लिएर गइरहेको वाहन दुर्घटनाग्रस्त, 12 जना घाइते
माछा लिएर गइरहेको वाहन दुर्घटनाग्रस्त, 12 जना घाइते


नलबाड़ी (असम), 01 जुलाई (हि.स.)। नलबाड़ी जिल्लाको मुकालमुआ क्षेत्रमा माछा लिएर गइरहेको वाहन दुर्घटनाग्रस्त भएको कारणले 12 जना मानिसहरू घाइते भए।

पुलिसले बुधवार बतायो, गुवाहाटी तिरबाट माछा लिएर गइरहेको वाहन मुकालमुआको बदनी क्षेत्रमा पुगेपछि अनियन्त्रित भएर दुर्घटनाग्रस्त भयो। दुर्घटनाको कारमले वाहनमा सवार 12 जना मानिसहरू गम्भीर रूपमा घाइते भए।

घटना बारे जानकारी पाउनसाथ घटनास्थलमा पुगेको पुलिसको टीमले सबै घाइतेहरूलाई उन्नत चिकित्साको लागि गुवाहाटी मेडिकल कलेज एण्ड हस्पिटलमा पठाइदियो। पुलिसले यस सम्बन्धमा एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande