श्याम लाल कजेजमा क्वान्टम साइन्स एवं टेक्नोलजीमाथि नेशनल समर स्कूलको आयोजन
श्याम लाल कजेजमा क्वान्टम साइन्स एवं टेक्नोलजीमाथि नेशनल समर स्कूलको आयोजन


नयाँ दिल्ली, 01 जुलाई (हि.स.)। दिल्ली विश्वविद्यालय (डीयू)- को श्याम लाल कलेजमा 'क्वान्टम साइन्स एवं टेक्नोलजी: ह्याण्ड्स-अन एक्सप्लोरेशन एण्ड इमर्जिङ्ग फ्रन्टियर्स' विषयमा दश दिवसीय नेशनल समर स्कूल सफलतापूर्वक बुधवार सम्पन्न भयो।

यस समर स्कूलमा देशभरिका विश्वविद्यालय एवं कलेजहरूका विद्यार्थीहरूले ठूलो सङ्ख्यामा भाग लिए। यो कार्यक्रम युवा शिक्षार्थीहरूमाझ वैज्ञानिक उत्कृष्टता, नवाचार एवं अनुसन्धान-उन्मुख शिक्षालाई प्रेरित गर्ने कलेजको सङ्कल्पलाई दर्शाउँछ।

आईआईटी दिल्ली, इन्टर-यूनिभर्सिटी एक्सेलेरेटर सेन्टर (आईयूएसी) औ सीएसआईआर-नेशनल फिजिकल लेबोरेटरी (एनपीएल)- को सहयोगमा रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर (आरडीसी) एवं इन्टरनल क्वालिटी एश्योरेन्स सेल (आईक्यूएसी)- द्वारा आयोजित यस पहलले प्रतिभागीहरूलाई नेशनल क्वान्टम मिशनको भिजन अन्तर्गत एक गहन शैक्षणिक अनुभव प्रदान गऱ्यो।

एक व्यापक पाठ्यक्रमको माध्यमबाट प्रतिभागीहरूलाई क्वान्टम कम्प्यूटिङ्ग, क्वान्टम सेन्सिङ्ग, क्वान्टम कम्युनिकेशन, क्वान्टम मेट्रोलजी, स्पेक्ट्रोस्कोपी, एक्सेलेरेटर साइन्स, एटोमिक फिजिक्स, साइबर सुरक्षा औ ह्याण्ड्स-अन क्वान्टम प्रोग्रामिङ्गसित परिचित गराइयो। प्रतिष्ठित वैज्ञानिकहरू, शिक्षाविदहरू औ उद्योगका पेशावरहरूको विशेषज्ञ व्याख्यानसँगसँगै इन्टऱ्याक्टिभ प्रयोगशाला प्रदर्शन एवं व्यवहारिक प्रशिक्षण सत्र पनि आयोजना गरियो।

आईआईटी दिल्ली, आईयूएसी, सीएसआईआर-एनपीएल औ डीआरडीओ क्वाविटम टेक्नोलेजी रिसर्च सेविटर जस्ता प्रमुख अनुसन्धान संस्थानहरूको भ्रमणले प्रतिभागीहरूलाई उन्नत प्रयोगशाला, एटोमिक क्लक, लेजर मेट्रोलोजी, एक्सेलेरेटर सुविधा, सठीक माप प्रणाली एवं उदियमान क्वान्टम तकनिकीको बारेमा जानकारी एवं अनुभव प्रदान गऱ्यो।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande