नदीमा डुबेको नाबालिकको शव उद्धार
नदीमा डुबेको नाबालिकको शव उद्धार


मुर्शिदाबाद, 01 जुलाई (हि.स.)। जिल्लाको सुती क्षेत्रमा बाँशलोई नदीमा स्नान गर्ने क्रममा नदीमा डुबेको नाबालिकको शवलाई बुधवार उद्धार गरियो। पुलिसले बतायो, मृतकको पहिचान प्रितम चक्रवर्तीको रूपमा भएको छ।

स्थानीय सूत्र अनुसार मङ्गलवार प्रितम चक्रवर्ती उसको आफन्त आकाश आफ्नो मामा नाड़ू सानाल्यसित बाँशलोई नदीमा स्नान गर्नका लागि गएका थिए। दुवै नाबालिकहरूको उमेर क्रमैले 11 र 9 रहेको बताइएको छ। स्नान गर्दा-गर्दै अचानक दुवै नाबालिक गहिरो पानीमा डुबे। घटना घटेको केही समयपछि आकाशको शवलाई नदीबाट निकालियो भने प्रितम बेपत्ता भएका थिए। प्रितमको खोजीमा आपदा प्रबन्धन विभागको टीमले गए मङ्गलवार रातभरि नदीमा खोजी अभियान सञ्चालन गऱ्यो। तर केही पत्तो लागेन। बुधवार बिहान सुती थानाको कादुआ क्षेत्रमा स्थानीय मानिसहरूले एउटा शवलाई तैरिरहेको देखे। सूचना पाउनसाथ पुलिस घटनास्थलमा पुग्यो अनि शवको पहिचान प्रितम चक्रवर्तीको रूपमा गऱ्यो।

शव भेटिएपछि सुती थानाको पुलिसले तुरन्तै बीरभूम जिल्लाको मुरारई थानासित सम्पर्क गऱ्यो। पुलिसले शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि पठाइदिएको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande