मुम्बई जाने उड़ानमा सवार हुनअघि गुवाहाटी एयरपोर्टमा दुई बङ्गलादेशी नागरिक पक्राउ
मुम्बई जाने उड़ानमा सवार हुनअघि गुवाहाटी एयरपोर्टमा दुई बङ्गलादेशी नागरिक पक्राउ


गुवाहाटी, 01 जुलाई (हि.स.)। गुवाहाटीको लोकप्रिय गोपीनाथ बोरदोलोई अन्तर्राष्ट्रिय हवाईअड्डा (एलजीबीआईए) -मा बितेको राती केन्द्रिय औद्योगिक सुरक्षा बल (सीआईएसएफ)- का जवानहरूले मुम्बई जाने उड़ानमा सवार हुनअघि दुई जना बङ्गलादेशी नागरिकहरूलाई पक्राउ गऱ्यो।

पक्रा पर्ने आरोपीहरूको पहिचान बङ्गलादेश निवासी राणा मोल्ला औ माफूजा अख्तर लिमाको रूपमा भएको छ। दुवैलाई एयरपोर्टको नवसञ्चालित टर्मिनल-2 मा मुम्बई जाने आकाशा एयरको उड़ानमा सवार हुनअघि नियमित जाँच अवधि सन्देहको आधारमा रोकियो।

विस्तृत जाँच अवधि सीआईएसएफले उनीहरूको कब्जाबाट जाली भारतीय आधार कार्ड सहित केही दस्तावेजहरू जफत गऱ्यो। प्रारम्भिक जाँचबुझपछि दुवैलाई अग्रिम जाँच तथा कानूनी कारबाहीको लागि हाजरा पुलिसलाई सुम्पिइयो।

प्रारम्भिक जाँचमा आशङ्का व्यक्त गरिँदैछ, यो मामिला विदेशी नागरिकलाई जाली भारतीय पहिचान पत्र उपलब्ध गराउने कुनै ठूलो गिरोहसित जोड़िएको हुनसक्छ। पुलिस यो पत्तो लगाउन जुटेको छ कि आरोपीहरूले जाली दस्तावेज कसरी हासिल गरे अनि यस ऱ्याकेटमा को-को सामेल छ।

उल्लेखनीय छ, केही दिनपूर्व पनि सीआईएसएफले गुवाहाटी एयरपोर्टबाट एकजना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको थियो। निरन्तर खुलासा भइरहेको यस्ता मामिलाहरूको सुरक्षा एजेन्सीले गहन जाँच गरिरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande