
गुवाहाटी, 01 जुलाई (हि.स.)। असमका लोकप्रिय गायक जुबिन गर्गको सम्पत्तिसित सम्बन्धित दस्तावेजलाई उनकी पत्नी गरिमा सौकिया गर्गको नाममा हस्तान्तरित गरियो। यस अवधि अदालतमा उपस्थित गरिमा सैकिया गर्ग भावुक भइन् र उनको आँखाबाट आँशु छल्कियो।
मीडियासित बातचित गर्दै गरिमा सैकिया गर्गले भनिन्, यो उनको जीवनको अत्यन्त कठिन समय हो र उनले कहिल्यै पनि सोचेकी थिइनन् कि उनले यस्तो स्थितिको सामना गर्नुपर्नेछ। उनले भनिन्, जुनै पनि निर्णय उनले र जुबिन गर्गले लिए, त्यो सदैव सँगै बस्ने अनि मिलेर जीवन बिताउने भावनाले लिएका थिए।
उनले भनिन्, अब सबै कुरा एक्लै सम्हाल्नु उनको लागि कठिन छ। यस स्थितिमा उनले शान्ति पाइरहेकी छैननन्। अदालतमा सम्पत्ति हस्तान्तरणको कानूनी प्रक्रिया पूरा गरियो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा