
गान्तोक, 01 जुलाई (हि.स.)
: 360 करोड होइन तर जीटीए झट्टै रध्द गरेर नयाँ संवैधानिक व्यवस्था लागु गर्नुपर्छ - योगेन्द्र राई
खरसाङ ( 1 जुलाई): गोर्खा जनमुक्ति मोर्चाले जीटीएमा भएको भ्रष्टाचार विरूद्ध खरसाङ बजारमा पोष्टरिङ गरेको छ। गोजमुमोले खरसाङ बजारको विभिन्न स्थानहरुमा पोष्टरिङ गरेको छ। यसको साथै भ्रष्टाचार विरुद्ध भोलि बिहीबार खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाउने भएको छ। यसको साथै गोजमुमोले जीटीएमा 360 करोड होइन तर जीटीए झट्टै रध्द गरेर स्थायी राजनैतिक समाधान हुनुपर्छ भनी माग गरेका छन्। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै गोजमुमो खरसाङ महकुमा समितिको सभापति एवं पूर्व सभासद योगेन्द्र राईले विस्तृत रुपमा जानकारी गराउँदै भने, जीटीएमा भएको भ्रष्टाचार विरूद्ध खरसाङमा गोजमुमोले पोष्टरिङ गरेको छ र भोलि बिहीबार खरसाङ महकुमा शासकलाई ज्ञापन पत्र बुझाउनेछौं। हामीलाई जीटीएमा 360 करोड होइन तर जीटीए झट्टै रध्द गरेर नयाँ संवैधानिक व्यवस्था लागु गर्नुपर्छ भन्ने हाम्रो माग छ।'
योगेन्द्र राईले अघि भने, गोजमुमोको माग छ कि हर घर जल योजनाको 28 सय करोड, अमृत जल योजनाको 12 सय करोड, डिजास्टर म्यानेजमेन्टको 5 सय करोड लगायत आईडीआरएफ, प्रधानमन्त्री ग्राम सडक परियोजना लगायत विभिन्न घोटालाको झट्टै जाँच भएर दोषीहरुलाई कार्वाही गरिनुपर्छ।'
उनले अझ भने, मुख्यमन्त्री शुभेन्दु अधिकारीले खरसाङमा आएर भ्रष्टाचारीहरुमाथि कार्वाही गरिने घोषणा गरे अनुसार र सीबीआई जाँच गर्ने घोषणा गरेको कुरालाई पूरा गर्नुपर्छ। कन्ट्याक्टरहरुलाई ब्लाक लिस्ट गरिने कुरा पनि झट्टै गर्नु पर्ने हो। तर कन्ट्याक्टर दिपेस राठीले जीटीएबाट 30 करोड कसरी पायो? यसको जाँच हुनुपर्छ।'
---------------
हिन्दुस्थान समाचार / बिशाल