गृह मामिला सम्बन्धी संसदीय स्थायी समिति सिक्किमको तीन दिने अध्ययन भ्रमणमा
गृह मामिलामाथि संसदीय स्थायी समितिका सदस्यहरू


पाकिम, 01 जुलाई (हि.स.)। विभाग सम्बन्धित गृह मामिलामाथि संसदीय स्थायी समितिका सदस्यहरू आज तीन दिने अध्ययन भ्रमणमा सिक्किम आइपुगेका छन्। समितिका अध्यक्ष डा. राधा मोहन दास अग्रवालले अगुवाई गरेको प्रतिनिधिमण्डल 1 देखि 3 जुलाई, 2026 सम्म सिक्किममा रहनेछ।

समितिले भारत चीन सीमा क्षेत्र नथुलाको भ्रमण गर्नेछ, जहॉं समितिका सदस्यहरूले भारतीय सेनासँग अन्तरक्रिया गर्नेछ भने सीमा व्यवस्थापन, सुरक्षा चुनौतीहरू, सीमापार आवागमन, मानव बेचबिखन रोकथाम, साइबर र सञ्चार चुनौतीहरू, नागरिक-सैन्य समन्वय र पूर्वाधार विकासको बारेमा जानकारी प्राप्त गर्नेछन्।

समितिले पीएम-डीभाइन, एनईसी योजनाहरू, मिसन सिक्किम अर्गानिक्स लगायत केन्द्रिय प्रायोजित योजनाहरूको कार्यान्वयनको मूल्याङ्कन गर्न उत्तर पूर्वी क्षेत्र विकास मन्त्रालय, राज्य सरकारका वरिष्ठ अधिकारीहरू र सार्वजनिक क्षेत्रका ब्याङ्कहरूसँग समीक्षा बैठक पनि गर्नेछ।

रम्फू पर्यटक सुविधा केन्द्रमा आज प्रतिनिधिमण्डललाई गृह विभागका प्रोटोकल अधिकारी डीपी सिलाल र गान्तोकस्थित स्टेट ब्याङ्क अफ इन्डियाका वरिष्ठ अधिकारीहरूले स्वागत गरेका थिए।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande