पन्ध्र दिने पर्यावरण महोत्सव 'सिक्किम पर्यावरण पर्व 2026' शुरू
पन्ध्र दिने पर्यावरण महोत्सव 'सिक्किम पर्यावरण पर्व 2026' शुरू


गान्तोक, 01 जुलाई (हि.स.)। वन तथा वातावरण विभागले आज आफ्नो वार्षिक पन्ध्र दिने पर्यावरण महोत्सव 'सिक्किम पर्यावरण पर्व २०२६' को शुरुवात गरेको छ। एक जुलाईदेखि 14 जुलाईसम्म सञ्चालन हुने यस वर्षको कार्यक्रम हरियो विरासत छोडौं विषयमा केन्द्रित छ।

उद्घाटन कार्यक्रम आज बिहान राजधानीको एमजी मार्गमा आयोजना गरियो। यस अवसरमा वन तथा वातावरण विभाग मन्त्री पिन्चो नामग्याल लेप्चाले मुख्य अतिथिको रूपमा उपस्थित थिए।

मन्त्री लेप्चाले झण्डा हल्लाएर आधिकारिक रूपमा मोबाइल वितरण भ्यानलाई प्रस्थान गरे, जसको माध्यमद्वारा जनतालाई नि:शुल्क रूपमा बिरुवा वितरण गरिने छ।

यसैगरी, १० किलोमिटर ग्रीनाथनलाई विधायक तेन्जिङ नर्बु लाम्थाले झण्डा फहराएर शुरू गरे। यसपछि, गान्तोक नगर निगमकी मेयर छिरिङ पाल्देन भोटियाले ५ किलोमिटर ग्रीनाथनलाई प्रस्थान गराइन्। अतिथिहरूले विभिन्न प्रदर्शनी स्टलहरूको पनि भ्रमण गरे।

यस अघि वन तथा वातावरण विभागका सचिव डा. प्रदीप कुमारले धावकहरू र सहभागीहरूलाई स्वागत गर्दै सिक्किम सरकारको पहल सिक्किम पर्यावरण पर्व अब तेस्रो वर्षमा रहेको जानकारी गराए। उनले आगामी गतिविधिहरूको रूपरेखा प्रस्तुत गरे, जसमा क्विज र चित्रकला प्रतियोगिताहरू, सम्मेलनहरू, सफाई अभियानहरू, र सामूहिक वृक्षारोपण पहलहरू समावेश छन्। उनले सबैलाई शून्य-फोहोर अभ्यास गर्न र धावकहरूलाई आफ्नो मार्गमा फोहोर उठाउन प्रोत्साहित गरे।

म्याराथन अन्तर्गत दुबै वर्गका विजेताहरूलाई नगद पुरस्कार प्रदान गरियो। १० किलोमिटर ग्रीनाथनका पहिलो, दोस्रो र तेस्रो स्थानका लागि क्रमशः रु ५,०००, रु ३,००० र रु २,००० नगद पुरस्कार प्राप्त गरे। त्यसैगरी, ५ किलोमिटर श्रेणीका शीर्ष तीन धावकहरूले क्रमशः रु ३,०००, रु २,००० र रु १,००० प्राप्त गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande