
गान्तोक, 01 जुलाई (हि.स.)। खेलकुद एवं युवा मामिला विभाग, सोरेङले पॉंचौं राष्ट्रिय अन्डर 15 जुनियर केटा-केटी बक्सिङ च्याम्पियनशिप 2026 मा कांस्य पदक जितेकोमा सोनिया सुब्बालाई हार्दिक बधाई दिएको छ। उनले 19 देखि 29 जून, 2026 सम्म पंजाबको जालन्धरमा आयोजित उक्त प्रतियोगितामा पदक हासिल गरेकी हुन्।
खेलो इण्डिया सेन्टर, सोरेङ जिल्लाबाट उदायकी सोनिया सुब्बाले सुमन लेप्चाको मार्गदर्शनमा लगभग दुई वर्षसम्म प्राथमिक बक्सिङ प्रशिक्षण प्राप्त गरिन्। 2026 मार्चमा उनी खेलो इण्डिया स्टेट सेन्टर अफ् एक्सिलेन्स, गान्तोकको लागि छनोट बनिन् र सुनिता छेत्रीबाट प्रशिक्षण प्राप्त गरिन्।
सोरेङका मङ्गल सुब्बा र सुष्मा छेत्रीकी सुपुत्री सोनिया सुब्बाले कांस्य पदक जितेर सोरेङ जिल्लाको नाम उज्जवल बनाएको विभाग बताएको छ। विभागले सुब्बाका प्रशिक्षकहरू, सिक्किम अमेचुअर बक्सिङ एसोसिएशन, उनका अभिभावकहरू र शुभचिन्तकहरूमा पनि हार्दिक बधाई व्यक्त गरेको छ। विभागले सोनिया सुब्बाको उल्लेखनीय उपलब्धि राज्यका युवा आकांक्षी खेलाडीहरूका लागि प्रेरणाको स्रोत रहेको बताएको छ।
हिन्दुस्थान समाचार / बिशाल