डीजे टिप्पणी मामिलामा अभिषेक ब्यानर्जीले विधाननगर अदालतमा आवाजको नमूना दिए
डीजे टिप्पणी मामिलामा अभिषेक ब्यानर्जीले विधाननगर अदालतमा आवाजको नमूना दिए


कोलकाता, 15 जुलाई (हि.स.)। बहुचर्चित डीजे टिप्पणी मामिलामा तृणमूल कङ्ग्रेसका राष्ट्रिय महासचिव अभिषेक ब्यानर्जी बुधवार आफ्नो आवाजको नमूना (भोइस स्याम्पल) दिनका लागि विधाननगर अदालतमा पुगे।

बुधवार बिहान लगभग 11 बजे अभिषेक ब्यानर्जी आफ्नो कालीघाट स्थित आवासबाट प्रस्थान भए अनि निर्धारित समय अगावै अदालतमा पुगे। उनको पेशीलाई मध्यनजर गर्दै विधाननगर अदालत परिसरमा सुरक्षाको व्यापक व्यवस्था गरिएको थियो। भारी मात्रामा केन्द्रिय बल अनि पुलिसलाी तैनाथ गरिएको थियो।

स्मरण गराइन्छ, अभिषेक ब्यानर्जी लामो समयदेखिकै यस मामिलामा भोइस स्याम्पल दिने सम्बन्धमा कानूनी प्रक्रियामा लागिपरेका थिए। उनले कलकत्ता उच्च अदालतमा तर्क राखेका थिए, जब उनले पहिला नै विवादित डीजे सम्बन्धी टिप्पणीलाई आफ्नो बताइसकेको छ भने आवाजको नमूना लिने आवश्यकता नै छैन।

यद्यपि उच्च अदालतले जाँचमा सहयोग गर्ने निर्देश दिँदै उनको तर्कलाई खारेज गरिदिएको थियो। अदालतले स्पष्ट रूपमा भनेको थियो, जाँचमा अनावश्यक ढिल्याईलाई स्वीकार गरिनेछैन। अदालतको टिप्पणी पश्चात अभिषेक ब्यानर्जीले बुधवार अदालतमा उपस्थित भएर कानूनी प्रक्रिया अन्तर्गत आफ्नो आवाजको नमूना दिए।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande