
पश्चिम मेदिनीपुर, 19 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुर लोकल थाना अन्तर्गत सादातपुर चौकी पुलिसलाई अवैध मदिरा विरोधी अभियानमा ठूलो सफलता हात लागेको छ। पुलिसल खड़गपुर ग्रामीण क्षेत्रको हाई रोडस्थित 'अपना ढाबा'- मा छापेमारी गरेर लगभग 132 लीटर अवैध मदिरा जफत गरेको छ। यस मामिलामा दुई जना आरोपीहरूलाई पनि पक्राउ गरिएको छ।
पुलिस सूत्र अनुसार गुप्त सूचनाको आधारमा सादातपुर चौकी पुलिसले गए शनिवार राती उक्त ढाबामा विशेष अभियान सञ्चालन गऱ्यो। छापामारीमा भारी मात्रामा अवैध मदिरा जफत गरियो। यसको साथै घटनास्थलबाट दुई जना मानिसहरूलाई पक्राउ गरी उनीहरूविरूद्ध आवश्यक कानूनी कारबाही शुरू गरिएको छ।
खड़गपुर लोकल थानाका प्रभारी तपन माइती तथा सादातपुर चौकीको टीमले क्षेत्रलाई नशामुक्त बनाउने उद्देश्यले लगातार अभियान चलाइरहेको छ। नयाँ दायित्व सम्हालेपछि अवैध मदिरा सहित अन्य मादक पादर्थहरूमाथि लगाम लगाउनको लागि पुलिस सक्रिय भएको छ।
जिल्ला पुलिस प्रशासनले स्पष्ट पारेको छ, खड़गपुर तथा यस वरपरका क्षेत्रहरूमा कुनै पनि प्रकारको अवैध मदिरा, गाँजा तथा अन्य मादक पदार्थहरूको व्यापारलाई कुनै पनि मूल्यमा सहन गरिनेछैन।पश्चिम मेदिनीपुर जिल्ला पुलिस अधीक्षकको नेतृत्वमा जिल्लाभरि नै नशा विरोधी अभियान लगातार कायम छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा