
कोलकाता, 19 जुलाई (हि.स.)। पश्चिम बङ्गालमा आइतवार मनसुन सक्रिय रहेको कारणले राज्यका विभिन्न भागहरूमा वर्षाको सिलसिला कायम रहने सम्भावना छ। मौसम विभाग अनुसार उत्तर बङ्गालका केही जिल्लाहरूमा अति भारी वर्षा हुने चेताउनी जारी गरिएको छ भने दक्षिण बङ्गालका जिल्लाहरूमा मेघ गर्जनसितै हल्कादेखि मध्यम वर्षा हुनसक्छ।
मौसम विभाग अनुसार दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी औ अलिपुरद्वार जिल्लामा अति घना वर्षा हुने सम्भावना छ। यी क्षेत्रहरूको लागि रेड र अरेञ्ज अलर्ट जारी गरिएको छ। अविरल वर्षाको कारणले पर्वतीय क्षेत्रहरूमा पैह्रो तथा समतलमा जलभराउको आशङ्का व्यक्त गरिएको छ।
दक्षिण बङ्गालमा कोलकाता सहित हावड़ा, हुगली, उत्तर एवं दक्षिण 24 परगना, पूर्व औ पश्चिम मेदिनीपुर, झाड़ग्राम तथा अन्य जिल्लाहरूमा आंशिक रूपमा बादल छाइरहने तथा कतै-कतै मेघ गर्जनसितै वर्षा हुने पूर्वानुमान व्यक्त गरिएको छ। कोलकातामा अधिकतम तापमान 32 डिग्री सेल्सियस तथा न्यूनतम तापमान 27 डिग्री सेल्सियस वरपर रहने सम्भावना छ।
मौसम विभागले बताएको छ, केही स्थानहरूमा 30-50 किलोमीटर प्रतिघण्टाको गतिले तीव्र हावा पनि चल्नसक्छ। प्रशासनले मानिसहरूलाई विशेष गरी पार्वतीय तथा नदी तटीय क्षेत्रहरूमा सतर्कता अप्नाउने अपील गरेको छ। उत्तर बङ्गालका संवेदनशील क्षेत्रहरूमा स्थानीय प्रशासनलाई निगरानी बढ़ाउने अनि सम्भावित आपदाको सामना गर्नको लागि तयार रहने निर्देश दिइएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा