खड़गपुरका तृणमूल नेता देवाशिष चौधरी पक्राउ
खड़गपुरका तृणमूल नेता देवाशिष चौधरी पक्राउ


खड़गपुर, 19 जुलाई (हि.स.)। पश्चिम मेदिनीपुर जिल्लाको खड़गपुरमा तृणमूल कङ्ग्रेसका जिल्ला अध्यक्ष देवाशिष चौधरी उपनाम मुनमुनलाई पुलिसले गए शनिवार अबेर राती पक्राउ गऱ्यो। तिनीमाथि हत्या गर्ने प्रयास गरेको, धम्की दिेएको तथा जमीन कब्जा गर्ने सहित केही गम्भीर आरोपहरू लगाइएको छ।

पुलिस सूत्र अनुसार देवाशिष चौधरीमाथि एकजना ग्रामीण महिलालाई ज्यानमारा धम्की दिएको, डर देखाएको तथा जमीन हड़पेको आरोप लगाउँदै मामिला दर्ता गरिएको थियो। यसै मामिलामा खड़गपुर टाउन पुलिसले उनको आवासमा पुगेर उनलाई पक्राउ गऱ्यो।

देवाशिष चौधरी खड़गपुरको राजनीतिको एक चर्चित अनुहार रहिआएका छन्। पहिला कङ्ग्रेससित जोड़िएका देवाशिष वर्ष 2000-मा पार्षद बनेका थिए। पछि उनी तृणमूल कङ्ग्रेसमा सामेल भए। वर्ष 2006-देखि वर्ष 2016- सम्म उनी खड़गपुर शहर तृणमूल कङ्ग्रेसका अध्यक्ष रहे भने वर्ष 2015-देखि वर्ष 2022 -सम्म पार्षदको रूपमा पनि कार्य गरे। वर्तमानमा उनी तृणमूल कङ्ग्रेसको जिल्ला स्तरीय पदमा आसिन छन्। उनकी पत्नी नमिता चौधरी पनि खड़गपुर नगरपालिकाको वार्ड नम्बर-17 की पार्षद हुन्।

पुलिसको भनाइ छ, आरोपीविरूद्ध भ्रष्टाचार, जमीन कब्जाएको, विरोधीहरूलाई धम्काएको तथा कुटपिट गरेको आरोप पूर्वमा पनि लागिसकेको छ। पुलिसले अब उनको विरुद्ध दर्ता अन्य मामिला तथा आरोपहरूको पनि जाँच गरिरहेको छ।

भनिन्छ, पक्राउ तृणमूल नेतालाई आइतवार खड़गपुर अदालतमा पेश गरियो। यो समाचार लेखुञ्जेलसम्म तृणमूल कङ्ग्रेसको पक्षबाट यस पक्राउलाई लिएर कुनै आधिकारिक प्रतिक्रिया व्यक्त गरिएको थिएन।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande