मणिपुरमा सुरक्षा बलहरूको व्यापक कारबाही, प्रचुर मात्रामा हतियार तथा विस्फोटक जफत, एकजना पक्राउ
मणिपुरमा सुरक्षा बलहरूको व्यापक कारबाही, प्रचुर मात्रामा हतियार तथा विस्फोटक जफत, एकजना पक्राउ


इम्फाल, 15 जुलाई (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूद्वारा विभिन्न जिल्लाहरूमा सञ्चालित 24 घण्टाको अभियानमा प्रचुर मात्रामा हतियार, विस्फोटक तथा सैन्य सामग्री जफत गरिएको छ। यस अवधि इम्फाल पूर्व जिल्लाबाट एकजना व्यक्तिलाई एके-56 राइफल तथा अन्य हतियारहरूको साथमा पक्राउ गरिएको छ।

बुधवार दिइएको आधिकारिक जानकारी अनुसार चुराचाँदपुर जिल्लाको गोथोल औ के. थेनजाङ्ग गाउँका जङ्गलहरूमा सञ्चालित भिन्न-भिन्न अभियानहरूमा सुरक्षा बलहरूले इंसास राइफल, एके राइफल, पिस्तोल, देशी बन्दुक, ह्याण्ड ग्रेनेड, आईईडी, आरपीजी गोला-बारूद, विस्फोटक, वायरलेस सेट, बुलेटप्रूफ ज्याकेट, हेलमेट, सैन्य उपकरण तथा भारी मात्रामा जिउँदो र खाली कारतूस जफत गरे।

यसरी नै इम्फाल पूर्व जिल्लाको उयुम्पोक मामाङ्ग लेइकाई निवासी सनासम इबोचा उपनाम अबोचा सिंह (42)-लाई उसको घरबाटै पक्राउ गरियो भने उसको कब्जाबाट एउटा एके-56 राइफल, एउटा .32 पिस्तोल, म्यागजिन तथा एके-56 को 27 वटा जिउँदो कारतूस जफत गरियो।

के. थेनजाङ्ग गाउँमा हतियारहरू जफत गर्ने अभियान मणिपुर पुलिस र 19 गढ़वाल राइफाल्सको संयुक्त टीमद्वारा सञ्चालन गरियो।

यसबीच सुरक्षा बलहरूले इम्फाल पश्चिमको लाङ्गजिङ्ग अचौबा क्षेत्रबाट प्रतिबन्धित सङ्गठन केसीपी (नोङ्गद्रेनखोम्बा)- का सक्रिय धन असुलकर्ता सागोलशेम लिशेम्बा उपनाम इबुङ्गो (28)-लाई पक्राउ गरे।

यता गत 6 जुलाईका दिन उखरूल जिल्लामा सुरक्षा बलहरूमाथि भएको हमलाका आरोपीहरूलाी पक्राउ गर्नको लागि टीएम कासोम, लितान औ सिकिबुङ्ग क्षेत्रमा गुप्तचर आधारित अभियान जारी छ। यस मामिलामा अहिलेसम्ममा तीन जना मानिसहरूलाई हिरासतमा लिइएको छ। अधिकारीहरू अनुसार राज्यमा खेती-किसानी, बजार औ राष्ट्रिय राजमार्ग-202 मा यातायात सामान्य रूपमा जारीछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande