
गुवाहाटी, 15 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले बुधवार आधुनिक असमका शिल्पकार मानिने राधागोविन्द बरुवाको पुण्यतिथिमा उनलाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गरे।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा राधागोबिन्द बरुवालाई दूरदर्शी नेतृत्व, अदम्य कर्मशीलता औ स्वप्नद्रष्टा व्यक्तित्वका धनी बताउँदै भने, खेल, पत्रकारिता, सामाजिक जीवन औ राष्ट्रिय चेतनाको विकासमा उनको योगदान आज पनि समान रूपमा प्रासङ्गिक छ।
उनले भने, नेहरू स्टेडियम औ ट्रिब्यून समाचार समूह जस्ता संस्थानहरूसित आवद्ध राधागोविन्द बरूवाको दूरदर्शी सोच तथा कार्यहरूले असमलाई नयाँ दिसा प्रदान गरे। मुख्यमन्त्रीले उनको अमूल्य योगदानलाई स्मरण गर्दै उनलाई विनम्र श्रद्धाञ्जली अर्पण गरे।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा