
गुवाहाटी, 15 जुलाई (हि.स.)। असमका मुख्यमन्त्री डा. हिमन्त बिस्व सरमाले विश्व युवा कौशल दिवसको अवसरमा भने, दक्ष औ सशक्त युवाहरू नै विकसित असम तथा विकसित भारतका बलियो जग हुन्।
मुख्यमन्त्रीले आफ्नो सोशल मीडिया सन्देशमा राज्यको विकासमा योगदान दिने प्रतिभाशाली युवाहरूको सराहना गर्दै भने, सरकारले असमका 1,700 भन्दा अधिक विद्यालयहरूमा कौशल शिक्षाको विस्तार गरिसकेको छ। साथै विभिन्न प्रशिक्षण कार्यक्रमहरूको माध्यमबाट युवाहरूलाई रोजगारोन्मुखी कौशल प्रदान गरिँदैछ।
उनले भने, असम कौशल विश्वविद्यालय जस्ता संस्थानहरूको माध्यमबाट राज्यमा कौशल विकासको मजबुत वातावरण तयार गरिएको छ। डा. सरमाले अझ भने, असम सरकार युवाहरूलाई वैश्विक स्तरको प्रतिस्पर्धाको लागि सक्षम बनाउन अनि उनीहरूलाई सर्वोत्कृष्ट अवसर उपलब्ध गराउनको लागि प्रतिबद्ध छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा