
झाड़ग्राम, 15 जुलाई (हि.स.)। पश्चिम बङ्गालको झाड़ग्राम जिल्ला अधिनस्थ शिलदा चन्द्रशेखर महाविद्यालयमा आदिवासी विद्यार्थीहरूका लागि वर्ष 2014- मा निर्मित 100 बेडको छात्रावास उद्घाटन भएदेखि नै बन्द अवस्थामा रहेको छ। अब लगभग 12 वर्षपछि यसलाई जीर्णोद्धार औ सञ्चालन गर्ने पहल शुरू भएको छ। भाजपा विधायक प्रणत टुडूले छात्रावासको निरीक्षण गरी यसलाई चाँड़ै आरम्भ गर्ने भरोसा दिलाएका छन्।
तत्कालीन तृणमूल कङ्ग्रेस सरकारको पछौटे वर्ग कल्याण विभागद्वारा लाखौं रुपियाँ खर्च गरेर बनाइएको यस छात्रावासको उद्देश्य सुदूरवर्ती क्षेत्रहरूबाट पढ़्न आउने विद्यार्थीहरूलाई आवासीय सुविधा उपलब्ध गराएर उच्च सिक्षालाई प्रोत्साहन गर्नु थियो। तथापि निर्माण भएदेखि यता यो भवनलाई कहिल्यै पनि उपयोग गरिएन। वर्षौंदेखिको बन्द रहेको कारणले यसको अवस्था जर्जर हुँदै गयो।
स्थानीय विद्यार्थी औ शिक्षा प्रेमीहरूको आरोप छ, पूर्व सरकारले आदिवासी समुदायको विकासलाई उपेक्षा गऱ्यो। उनीहरूको भनाइ छ, यदि समयमै छात्रावास शुरू गरिएको भए ठूलो सङ्ख्यामा आदिवासी विद्यार्थीहरूले लाभ उठाउनसक्थे। बारम्बार माग गर्दा पनि छात्रावासलाई स़ञ्चालन गर्नको लागि कुनै ठोस कदम नउठाएको उनीहरूको आरोप छ।
राज्यमा सत्ता परिवर्तन भएपछि अब विद्यार्थी अनि अभिभावकहरूले नयाँ आशा देखाइरहेका छन्। उनीहरूको मान्यता छ, नयाँ सरकारले शिक्षाका आधारभूत ढाँचालाई मजबुत बनाउनको निम्ति काम गरिरहेको छ। चाँड़ै नै छात्रावासलाई पनि सञ्चालनमा ल्याइनेछ।
महाविद्यालयका प्राचार्य सुशान्त दोलुईले बताए, वर्ष 2023-मा पदभार ग्रहण गरेपछि उनले छात्रावासलाई परित्यक्त अवस्थामा देख्दै आएका छन्। पूर्व सकारलाई यस सम्बन्धमा कैयौं पटक जानकारी दिइयो, तर कुनै कारबाही गरेन।
भाजपा विधायक प्रणत टुडूले भने, छात्रावासको मरम्मत कार्य शुरू भइसकेको पछ। पानीको समस्या समाधान गरिएको छ भने बिजुली सहित अन्य आधारभूत सुविधाहरूलाई व्यवस्थित बनाइँदैछ।आगामी दुई-तीन महिनामा बस्ने योग्यको भएपछि छात्रावासलाई विद्यार्थीहरूको निम्ति खोलिनेछ।
उ
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा